काठमाडौँ, मंसिर ५ – काठमाडौंको प्रमुख पर्यटकीयस्थल मध्येकाे एक स्वयम्भूस्थित बुद्ध पार्क क्षेत्रमा स्वचालित नमूना शौचालय सञ्चालनमा आएको छ । सुविधाजनक आधुनिक सार्वजनिक शौचालयको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले अब सबै वडामा सुविधाजनक शौचालय निर्माण गर्ने बताए ।
मेयर शाक्यले सार्वजनिक शौचालयलाई परम्परागत स्वरुपबाट आधुनिक तथा अत्याधुनिक ढाँचामा रुपान्तरण गर्ने र व्यवसायिकताबाट सेवामुलक बनाउँदै लैजाने महानगरको योजना रहेको बताए ।
‘सार्वजनिक शौचालय भएका ठाउँहरु शौचालयभन्दा अन्य व्यापारिक गतिबिधि गर्ने ठाउँ जस्ता देखिए,’ मेयर शाक्यले भने, ‘त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्दै पहुँचयुक्त सार्वजनिक शौचालयलाई प्रोत्साहित गर्दै लैजाने योजना छ ।’
FACEBOOK COMMENTS