काठमाण्डौं – जुम्ला विमानस्थलमा दुर्घटनाग्रस्त तारा एयरको जहाज उडाउनको लागि एक सातासम्म विमानस्थल खुल्ला गरिने भएको छ।
विमानस्थलको स्तरउन्नती गर्नका लागि कार्तिक ८ गतेदेखि जुम्ला विमानस्थल बन्द गरिएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारीले जूम्ला स्थित डुंडुल चैत्यको उद्घाटन गर्न निजी जहाज ल्याएर विमानस्थलमा अवतरण गराएपछि स्थानीयले चर्को विरोध गरेका थिए।
स्थानीयले चर्को विरोध गरेपछि एक साताका लागि खुला गरिएको जुम्ला विमानस्थल फेरी एक साता थप्ने गरि खुला गरिएको हो।
नागरिक उड्ययन प्राधिकरणले दुर्घटनाग्रस्त जहाज उडाउन्जेलसम्मको लागि विमानस्थल खुल्ला गर्न निर्देशन गरेपछि कार्तिक २४ गते सम्मका लागि जुम्ला विमानस्थल खुला गरिएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्माले जानकारी दिए।

– नागरीक
