काठमाडौं, ११ मंसिर – प्रधानमन्त्री के पि शर्मा ओलीले नेपाल उद्योग वाणिज्य महासंघको ५४ वार्षिक साधारण सभा उदघाटन गरेका छन् । प्रधानमन्त्री कार्यालयमा आयोजित एक कार्यक्रम माझ ओलीले साधारण सभा उदघाटन गर्दै निजी क्षेत्रको सार्थक उपलब्धीका साथ सफल हुने बताएका छन् ।
असहज परिस्थितीको सामना गरिरहेको अवस्था माझ महासंघ को साधारण सभा जुम मार्फत भैरहेको दर्शाउदै उनले कोभिड पस्चात चुनौती थपिएको औल्याए । उनले कोभिड १९ र अर्थतन्त्रको बिषयमा गहन छलफल गरि निस्कर्स निकाल्दै सरकारलाई पनि सुझाव दिन र सघाउ पुर्याउन आग्रह गरे । सबैको संयुक्त प्रयासबाट मात्रै महामारी विरुद्धको लडाईमा जित हासिल गर्न सकिने उनले बताए ।
नयाँ नयाँ कारोबारको क्षेत्र पहिचान गर्ने काम निजी क्षेत्रले गर्दै आएको भन्दै उनले देशका युवाहरुको नविन कार्यशैलीको पनि प्रशंसा गरे । सोही अवसर माझ प्रधानमन्त्री ओलीले १८ औ अध्यक्षको कार्यकाल बिषयक स्मारिका विमोचन गरेका थिए भने महासंघका पुर्व अध्यक्षहरु रविभक्त श्रेष्ठ, महेशलाल विनोद चौधरी पद्म ज्योति आनन्द राज मुल्मी, प्रदिप कुमार श्रेष्ठ विनोद बहादुर श्रेष्ठ, चण्डी राज ढकाल, सुरज वैद्य, प्रदिप जंग पाण्डे र पशुपती मुरारकालाई सम्मानपत्र प्रदान गरेका थिए । महासंघले विभिन्न प्रदेश अध्यक्षहरुलाई पनि सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा प्रदेश एकका नरेन्द्र कुमार खडका, प्रदेश दुईका शिव प्रशाद साह, बागमती प्रदेशका दिनेश श्रेष्ठ, गण्डकी प्रदेशका सन्जिब बहादुर कोइराला, लुम्बिनी प्रदेशका गुणनिधी तिवारी, कर्णाली प्रदेशका पद्म बहादुर शाही र सुदुर पश्चिम प्रदेशका शंकर बोगटी छन् । त्यसो त विभिन्न कुटनितिक नियोगका अधिकारीलाई समेत महासंघले सम्मान पत्र प्रदान गरिएको छ ।
कार्यक्रम माझ महासंघकी अध्यक्ष भवानी राणाले सिमित भैतिक उपस्थित माझ साधारण सभा सम्पन गर्नु पर्ने बाध्यताले गर्दा भव्य रुपमा कार्यक्रम गर्न असमर्थ रहनु परेको स्पस्ट पारिन् । उनले गएको एक बर्ष देखी निजी क्षेत्र कोभिडको चपेटामा पर्दै आएको उल्लेख गर्दै ईतिहासकै कठिन मोडमा उभिएको बताईन् ।
FACEBOOK COMMENTS