काठमाण्डौँ – काठमाडौँ महानगरपालिकाले पैदलयात्रुको चाप बढी भएको स्थान माइतीघर र चाबहिल चोकमा स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण गर्ने भएको छ ।
कामपाले यस वर्षको बजेटमा १२ करोड रुपैया नयाँ आकाशे पुल निर्माण गर्न बजेट छुट्याएको छ ।
यही बजेटबाट अत्यावश्यक ठाउँमा पुल बनाउन लागिएको कामपाका भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनीयर रामबहादुर थापाले बताए ।
यी दुई बाहेक अरु कुन स्थानमा आकाशे पुलको खाँचो छ भन्ने विषयमा अध्ययन भइरहेको पनि उनले बताए ।
FACEBOOK COMMENTS