काठमाडौं, मंसिर १६ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका-८, जयराजपूरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।
आज जिल्लाको उत्तर-पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको जयराजपूरमा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ३ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । कार्यक्रममा संघीय सांसद समिना हुसेनले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न सांसद साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भुमिका खेलेको भन्दै प्रसंशा गरिन् ।
प्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् । यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।
FACEBOOK COMMENTS