काठमाण्डौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनी बीच सम्झौता भएको छ ।
बैंंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको हो ।
सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट युनियन लाइफ इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र युनियन लाइफ इन्स्योरेन्स कम्पनीका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले हस्ताक्षर गरे ।
FACEBOOK COMMENTS