काठमाण्डौँ – काठमाण्डौको भृकुटीमण्डपमा १६औं हस्तकला व्यापार मेला तथा १४ औं हस्तकला प्रतियोगीता आयोजना हुने भएको छ ।
नेपाल हस्तकला महासंघ र व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले आयोजना गर्ने मेला कात्तिक २८ गतेदेखि मंसिर २ गतेसम्म सञ्चालन हुनेछ ।
मेलामा काष्ठकला, धातुकला, चाँदी तथा अन्य धातुका गरगहना, फेल्टका सामान उनी तथा सुर्ती एवं ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजुत्ता तथा छालाजन्य सामान, प्राकृतिक रेसा र वाँसका सामानहरु प्रर्दशनी तथा बिक्रिका लागि राखिने हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले जानकारी दिए ।
मेलामा ४५ जिल्लाका २०० वटा भन्दा बढी स्टलहरु सहभागी हुनेछन ।
मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका र बंगलादेशका २० वटा स्टलहरु रहनेछन ।
FACEBOOK COMMENTS