(भुवन दाहाल वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्षका साथै सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन । हाल कोभिड १९ का कारण उद्योग, व्यापार, वित्त लगायतका लगानीका क्षेत्रहरु प्रभावित भई अर्थतन्त्रमा संकुचन आएको छ । राष्ट्रिय अर्थतन्त्रमा वित्त क्षेत्रको भूमिका र योगदान महत्वपूर्ण रहने हुँदा वित्त क्षेत्रको अवस्था प्रति धेरैको चासो रहन्छ । यसै सन्दर्भमा पछिल्लो समयमा कोभिडसँगै वित्त क्षेत्रमा विकसित घटनाक्रमसँग सम्बन्धित रहेर कर्पोरेट म्यागाजिनका सम्पादक सरोज ओझाले अध्यक्ष एवम् प्रमुख कार्यकारी अधिकृत दाहालसँग कुराकानी गरेका छन ।)
हाल बैकिङ क्षेत्रमा तरलताको अवस्था कस्तो छ ?
लकडाउन शुरु हुँदा विप्रेषण घटेर एकदमै अप्ठयारो होला कि भन्ने डर थियो । खुशीको कुरा त्यस्तो भएन । अहिले तरलता एकदमै सहज छ । दुई सय अर्ब हाराहारी लगानी योग्य आय नै अहिले हामीसँग छ । कर्जा प्रवाह सहज भएसँगै यसको उपयोग हुने नै छ । सो अवस्थामा नपुगुन्जेलका लागि चाहि हामीले आईडल फण्ड सदुपयोग हुने अवस्थाको लागि राष्ट्र बैंकलाई अनुरोध गरेका छौ । लामो समयसम्म धेरै रकम आईडल रह्यो भने निक्षेपको ब्याज दर घटने तथा कमसल कर्जा प्रवाह हुने जोखिम बढने डर रहन्छ ।
वित्त क्षेत्रमा कोभिड १९ ले पारेको प्रभाव बारे केही प्रकाश पारिदिनुस् न ?
अर्थतन्त्रको अन्य क्षेत्र र बैंकिङ क्षेत्रको अन्योन्याश्रित सम्बन्ध हुन्छ । कोभिडले गर्दा विविध क्षेत्रमा नकारात्मक प्रभाव परेकोले त्यसको असर बैंकिङ परेको छ । हामीलाई मध्यम प्रभावित क्षेत्रमा राख्नु भयो भने उपयुक्त होला ।
राष्ट्र बैंकले कोभिड पस्चात सार्वजनिक गरेको मौद्रिक नीतिले वित्त क्षेत्रलाई कस्तो प्रभाव पार्ने देख्नु हुन्छ ?
समग्रमा यसलाई हामीले सकारात्मक रुपमा लिएका छौ र स्वागत गरेका छौ । आफ्नो प्रोडक्टको प्राईसिङ सम्बन्धी निर्णय गर्ने बैंकको अधिकारमा लागेको अंकुश प्रति भने पुनर्विचार हुने अपेक्षा गरेका छौ ।
कोभिड पस्चात डिजीटल प्लेटफर्मको उपयोगिता बारे जनचासो र प्रयोगको ट्रेण्ड बढेको हो ?
हो, यसको बृद्धीदर राम्रो देखिएको छ ।
नेपालमा बैंकहरुमा भएको लगानी अन्य क्षेत्रको तुलनामा सुरक्षित छ भनिन्छ नि, स्प्रेड दरको
अन्तरले गर्दा यसो भएको हो वा अन्य कारणहरु छन् ?
नेपालका वाणिज्य बैंकहरुमा कोभिड १९ ले प्रभाव पर्नु अघि औषत प्रतिफल १५ प्रतिशत थियो । अन्य धेरै क्षेत्रको प्रतिफल हाम्रो भन्दा माथि भएको हामी आँफैले देखेका छौ । अब आँफै अनुमान लगाउनुस् यो सुरक्षित र राम्रो लगानी हो कि होईन । बैंकिङ क्षेत्रमा भएको जोखिम नदेख्ने साथीहरुले बेला बेलामा यस्तो आरोप लगाउँछन् ।

व्यवसायीहरुले बिना धितो पाउनुपर्ने कर्जा सहजै पाउने अवस्था छैन भनिन्छ, नि ?
बैंकले जोखिम विश्लेषण गरेर कर्जा प्रवाह गर्ने भएकाले यसमा अलि बढी समय लागेको हुन सक्छ ।
उत्पादनशिल कृषि क्षेत्रमा वाणिज्य बैंकहरुको कर्जा प्रवाहको स्थिती सन्तोषप्रद मान्न सकिएला ?
१० बर्ष अगाडी ३ प्रतिशत रहेको कृषि कर्जा अहिले ७ प्रतिशत हाराहारी छ । माग र जोखिमको आधारमा यसलाई सन्तोषजनक मान्नुपर्छ । यो क्षेत्रमा हुने थप असल कर्जाको माग पुरा गर्न बैंकहरु प्रतिबद्ध छन् ।
यहाँ त सानिमा बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ, हामीलाई यो बताई दिनुस् न, कोभिड

पस्चात बैंकको कर्जा असुली र ऋृण प्रवाह निती कस्तो छ ?
नेपाल राष्ट्र बैंकको नीति अनुरुप रहेर तिर्नुपर्ने साँवा र ब्याजको म्याद थप्ने, कर्जाको ब्याज घटाउने, कर्जाको पुनर्तालिकिकरण र पुनर्संरचना गर्ने आदी काम गरिरहेका छौ । अब आर्थिक गतिविधी बढेकाले फेरि यस्तो अप्ठ्यारो दिन नआउला भन्ने आशा गरेका छौ ।