काठमाडौं, मंसिर २२ – अर्घाखाँची सिमेण्ट कम्पनीले रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं.२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ । कम्पनीले करिब एक करोड रुपैँयाको लागतमा मैनहियामा बनाउन लागेको स्वास्थ्य केन्द्र भवनको कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले शिलान्यास गरे । भवन निर्माणपछि सियारी गाउँपालिकाले ५ शैयाको अस्पताल सञ्चालन गर्नेछ । कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उद्योगका निर्देशक राजेशकुमार अग्रवालले बताए ।
यसक्षेत्रमा उद्योग सञ्चालन गरिरहेको कम्पनीले रोजगारीसँगै यहाँका स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने उद्देश्यले स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको उनले बताए । कम्पनीले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा पनि ५१ लाख रुपैँया तथा सियारी गाउँपालिकालाई दुई लाख रुपैँया आर्थिक सहयोग गरेको जनाएको छ ।
FACEBOOK COMMENTS