काठमाडौं, मंसिर २८ – बाँकेमा कोरोनाबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।
मृतक नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा शाखामा कार्यरत अधिकृत दानबहादुर बिष्ट हुन् । स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २४ गते पीसीआर परीक्षण गराएका उनमा २५ गते कोरोना पुष्टि भएको थियो । उनी २७ गते भेरी अस्पताल भर्ना भएका थिए ।
FACEBOOK COMMENTS