काठमाडौं, मंसिर २८ – राष्ट्रिय आविष्कार केन्द्रले हेलिकोप्टरमा सुरक्षित तरिकारले कोरोनाका बिरामीहरु बोक्न मिल्ने आइसोलेसन च्याम्बर बनाएको छ । अहिले नेपालमा मनाङ हेलिकोप्टर प्रालि र कैलाश हेलिकोप्टर सर्भिसेस कम्नीले मात्र हेलिकोप्टरमार्फत कोरोनाका बिरामीहरु बोक्न स्वीकृत पाएका छन् ।
त्यस्तै आविष्कार केन्द्रले बनाएको आइसोलेसन च्याम्बर मनाङ एयरले प्रयोग गरिरहेको केन्द्रका संस्थापक महाबिर पुनले जानकारी दिए । आविष्कार केन्द्रले नेपालमै तयार पारेको सो आइसोलेसन च्याम्बरको मूल्य ८० हजार रुपैयाँ मात्र पर्ने जनाएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य क्षेत्रमा अनुसन्धान तथा विकासको काम गर्दैं आएको छ ।
FACEBOOK COMMENTS