काठमाडौं, मंसिर ३० – शिखर इन्स्योरेन्स कम्पनीले ‘शिखर अटो प्लस बीमा’ योजना सार्वजनिक गरेको छ ।कम्पनीले सोमवार काठमाडौंमा एक कार्यक्रमकाबीच ‘शिखर अटो प्लस बीमा’ योजना ल्याएको हो ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले कम्पनीले सोमवारबाट औपचारिक रूपमा बिक्री सुरू गरेको अटो प्लस बीमा योजनाको शुभारम्भ गरेका हुन् ।
उक्त योजना अन्तर्गत दाबी भुक्तानी गर्दा ह्रास कट्टी नहुने, ध्वस्त वा पूर्ण क्षति भएमा नयाँ मोटरले प्रतिस्थापन गर्न मिल्ने र दुर्घटना पछि मोटर मर्मत गर्न लाग्ने समय अवधिमा बीमितलाई यातायात खर्च दिने सुविधा रहेको शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डेले जानकारी दिए ।
उनका अनुसार शिखर अटो प्लस इन्स्योरेन्सको सतप्रतिशत नेपाल पुर्नबीमा कम्पनीमा गरिएकोले नेपाली पैसा स्वदेशमै रहने भएकाले देशलाई नै फाइदा हुनेछ । साथै उक्त योजना अन्तर्गत बीमा गरेको पुरानो गाडी सबै क्षति भएमा नयाँ गाडी लिन सकिने सुविधा रहेको पाण्डेले बताएका छन् ।
उक्त कार्यक्रममा कम्पनीका संचालक समितिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, नेपाल पुनर्बीमा कम्पनीका डेपुटी सिईओ मोदर भण्डारी, हास्य कलाकार तथा शिखर इन्स्योरेन्सका ब्राण्ड एम्बेस्डर हरिवंश आचार्य लगायतको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS