काठमाडाैं, पुस ८ – कोरोनाको नयाँ रुप पाइएपछि विश्वभर चिन्ता बढेको छ । कैयौं देशले फेरि लकडाउन पनि गरिसकेका छन् ।
कैयौं देशले ब्रिटेनबाट आउने सबै प्रकारका सवारीमा रोक लगाएका छन् ।
यस्तै आजदेखि नेपालले पनि ब्रिटेनबाट आउने उडान अनिश्चितकालका लागि रोकेको छ ।
यसैबीच विशेषज्ञले कोरोनाको यो नयाँ रुप युवाका लागि बढी खतरनाक रहेको दावी गरेका छन् ।
एक रिपोर्ट अनुसार कोरोनाको यो नयाँ स्ट्रेन युवावस्थाका मानिसलाई संक्रमण हुने र स्वास्थ्यमा गम्भीर असर पर्ने खतरा बढी रहेको विशेषज्ञले बताएका छन् ।
अहिलेसम्मको स्थिति हेर्दा कोरोना ६० वर्षभन्दा माथिका मानिसलाई धेरै नोक्सान पुगेको देखिन्छ ।
तर, हालै देखिएको नयाँ स्ट्रेन(रुप)को युवा उमेरकालाई संक्रमण बढी हुने खतरा छ ।
साथ अफ्रिकामा कोरोनाको नयाँ रुपको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ ।
साउथ अफ्रिकाका स्वास्थ्यमन्त्री ज्वेली मखिजेका अनुसार कोरोनाको यो नयाँ रुप अन्य व्यक्तिको तुलनामा युवामा बढी असरदार देखिएको छ ।
चिकित्सकले कोरोनाको नयाँ चेतावनीबारे इन्टीडोटको अध्ययन गर्दा यो भाइरस युवालाई धेरै असर गर्ने पाएका छन् ।
FACEBOOK COMMENTS