काठमाण्डौं– नेपाल पुनर्बिमा कम्पनी लिमिटेड र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच २० प्रतिशत प्रत्यक्ष हिस्सा पुनर्बिमा व्यवस्थाको लागि सम्झौता भएको छ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५–०७६ को बजेट वक्तव्यबाट व्यवस्था गरे बमोजिम यो सम्झौता भएको प्राइम लाइफले जनाएको छ ।
कार्यक्रममा नेपाल पुनर्बिमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले सम्झौतामा हस्ताक्षर गरे ।

