काठमाण्डौं– नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले दार्चुलामा शाखा विस्तार गरेको छ ।
प्रदेश नं. ७ मा पर्ने दार्चुलाको दुहु गाउँपालिकास्थित हिकिलामा सो बैंकले आफ्नो ७८ औं शाखा विस्तार गरेको हो ।
बैंकले ग्रामीण क्षेत्रका सर्वसाधारणलाई समेत सहज बैंकिङ सेवा प्रदान गर्ने उदेश्यले शाखा विस्तार गरेको जनाएको छ ।
बैंकले प्रदेशअनुसार वित्तीय सञ्जाल नपुगेका क्षेत्रमा शाखा विस्तार गर्ने योजना अनुसार शाखा विस्तारको अभियानलाई निरन्तरता दिएको जनाएको छ ।
FACEBOOK COMMENTS