काठमाडौं, माघ १ – कोरोना संक्रमणबाट बाँकेमा पूर्वराज्यमन्त्री तथा भूमि व्यवस्था समाधान आयोगका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएको छ ।
कोरोना संक्रमण भएपछि भेरी अस्पतालमा भर्ना भएका यादवलाई काठमाडौंको ग्राण्डी अस्पतालमा रिफर गरिएको थियो । उनको बिहीबार बिहान २ बजे मृत्यु भएको हो ।
२०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । यादव खानेपानी राज्यमन्त्री भएका थिए । उनी नेकपा केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज थिए ।
FACEBOOK COMMENTS