काठमाण्डौँ — वैदेशिक रोजगार कार्यालय ताहाचलबाट सेवा लिन अब लाइन बस्नु नपर्ने भएको छ ।
कार्यालयले आइतबारदेखि लागू हुने गरी अनलाइन टोकनमार्फत सेवा दिने तयारी गरेको छ।
वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख युवराज खतिवडाले आइतबारदेखि एकीकृत वैदेशिक रोजगार सूचना प्रणालीबाट सेवा प्रवाह गरिने जानकारी दिए ।
सरकारले असोज १५ गतेदेखि उक्त सेवा सुरु गरेपनि ताहाचलबाट उक्त सेवा सुरु हुन सकेको थिएन ।
सूचना प्रणाली अन्तर्गत सेवाग्राहीले राहदानी विभाग, वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार विभाग, अध्यागमन विभाग लागयतका सेवा एकैद्वारबाट पाउने छन् ।
आइतबारदेखि सेवाग्राहीले अनलाइन सिष्टममार्फत टोकन नम्बर (सिरियल नम्बर) र मिति पाउने उनले बताए ।
कार्यालयले एकदिनमा ९ सयदेखि ९ सय ५० जनासम्मलाई सजिलै सेवा दिन सक्ने जनाएको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS