काठमाण्डौँ — रुपन्देहीका नागरिकको लगानीमा २५ मेघावाटको जलविद्युत आयोजना शुरु हुने भएको छ।
झन्डै ५ अर्बको लागतमा एक हजारको सामूहिक लगानीमा कास्कीको माछापुच्छ्रे गाउँपालिका २ को भराभुरी भन्ने स्थानमा सेती खोला जलविद्युत् आयोजना शुरु हुने भएको हो।
भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आगामी तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने गरी जलविद्युत आयोजना निर्माण प्रक्रिया शुरु गरेको हो।
मंसिर ६ गते नेपाल विद्युत प्राधिकरण र भिजन लुम्बिनी उर्जा कम्पनीबीच विद्युत खरिद सम्झौता (पिपिए) भएको छ।
सम्झौता अनुसार आयोजनाबाट उत्पादित विद्युत् वर्षायामको ६ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसा र हिँउदको ६ महिना प्रतियुनिट ८ रुपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ।
— नागरीक
FACEBOOK COMMENTS