काठमाण्डौँ — बागलुङ जिल्लाको पश्चिम ताराखोला गाउँपालिकामा निर्माणाधीन ताराखोला साना जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
१८ करोड रुपैयाँको लागतमा निर्माण भइरहेको आयोजनाको ८५ प्रतिशत काम पूरा भएको आयोजनाका इन्जिनियर दिलबहादुर थापाले बताए ।
आयोजनाबाट आगामी चैत मसान्तभित्रमा विद्युत् उत्पादन सुरु गर्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ ।
सुरुमा सामुदायिक ढाँचामा सुरुवात गरिएको आयोजना अहिले ताराखोला जलविद्युत् लिमिटेडमार्फत निर्माण भइरहेको छ ।
वि.सं २०६८ मा सुरु भए पनि लगानी, कामदार अभाव, ढिलासुस्तीजस्ता कारणले आयोजनापछि धकेलिएको हो ।
— कारोबार
FACEBOOK COMMENTS