काठमाडौं, माघ २४- एक महिना अघि आइपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्सको आइपीओ भोलि आइतबार देखि कारोबारमा आउने भएको छ ।
हिजो कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएसँगै माघ २५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा खरिद बिक्री गर्न सकिने भएको हो ।
चन्द्रागिरीले सर्वसाधारणमा पुस २४ गते २८ गतेसम्म १५ लाख ३४ हजार ९१ कित्ता शेयर जारी गरेकोमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्टाएर १३ लाख ९६ हजार २२ कित्ता शेयरका लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
कम्पनीको आईपीओ १० कित्ताका दरले १ लाख ३९ हजार ६०२ जनाले गोलाप्रथाबाट पाएका थिए ।
त्यस्तै, नेप्सेले चन्द्रागिरीको नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता रु ९६.६९ देखि रु २९०.०७ रेन्ज तोकेको छ।
FACEBOOK COMMENTS