काठमाण्डौँ — यही मंसिर २२ र २३ गते हङकङमा गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको छैठौ“ क्षेत्रीय सम्मेलन तथा प्रथम महिला सम्मेलन आयोजना हुदैछ ।
गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरीएको गैरआवासीय नेपाली संघले जनाएको छ ।
सम्मेलन हङकङको काउलुन होटेलमा आयोजना हुनेछ ।
लगानीको राम्रो वातावरण निर्माणमा सरकारको प्रमुख भूमिका रहने तथ्यलाई मनन गरी संघले लगानी सम्बन्धमा नीति निर्माण गर्न र नेपालको लगानीका अवसर सम्भावित लगानीकर्तासम्म पु¥याउन सरकारलाई सहयोग गर्ने नीति लिएको संघले जनायो ।
साथै क्षेत्रीय सम्मेलनस“गै प्रथम महिला सम्मेलन पनि हुने भएकाले एसियाली क्षेत्रमा बस्ने नेपाली महिलाका विषयमा पनि गहन छलफल गरिने तथा महिलामाथिको हिंसा, यौन दुव्यवहार लगायतका विषयलाई प्रमुख एजेन्डा बनाई, त्यसका लागि एनआरएनको भुमिका कस्तो रहनुपर्ला भन्ने बारेमा छलफल गर्ने संघको तयारी छ ।
सम्मेलनमा विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यवसायी र बौद्धिक व्यक्तित्वहरू सहित करीब ३ सय ५० जनाको सहभागिता रहने अपेक्षा संघले गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS