काठमाण्डौँ — बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित बबई नदीमा भासिएको पुल सरकारले बनाउने भएको छ ।
निर्माण गराउन स्थानीय र जनप्रतिनिधिले चौतर्फी दबाब दिन थालेपछि यातायात, भौतिक तथा योजनामन्त्री रघुवीर महासेठले आइतबारदेखि पुल पुनः निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएका हुन् ।
शनिबार पप्पु कन्सट्रक्सनले निर्माण गरेको भाँसिएको बबई नदीस्थित पुल अनुगमनमा मन्त्री रघुवीर महासेठ गएका थिए ।
पप्पु कन्सट्रक्सनले निर्माण गरेको उक्त पुल गत वर्ष साउन २८ गते भासिएको थियो।
पुल भासिएपछि उत्तर दक्षिण जोड्ने दुई नगरपालिकाबीच यातायात सम्पर्क विच्छेद भएको छ।
हस्तान्तरण नहुँदै पुल भासिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका तात्कालीन अध्यक्ष हरी नारायण रजौरिया,हालका अध्यक्ष उनका छोरा सुमित लगायत विरुद्ध विशेष अदालतमा बिगो सहित मुद्दा चली रहेको छ।
पप्पु कन्सट्रसनले करिब ६ वर्ष अघि सुरु गरेको उक्त पुल १६ करोड ६८ लाखको लागतमा निर्माण गरेको थियो।
— कान्तिपुर
FACEBOOK COMMENTS