काठमाण्डौँ — वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह चौबीसै घण्टा सञ्चालन हुनुपर्ने माग बन्दरगाह सञ्चालक कम्पनी हिमालयन टर्मिनल्सले गरेको छ ।
सरोकारवालाले यो बन्दरगाह सेवा र क्षमता बिस्तारको माग गरेका छन् ।
आयातनिर्यातकर्ता, भन्सार एजेन्ट लगायतका सरोकारवालाहरूले पनि बन्दरगाहको पूर्ण उपयोगिता र क्षमता बिस्तारको माग गर्दै आएका छन् ।
डेढ दशकअघि सञ्चालनमा आएको मुलुककै पहिलो सुक्खा बन्दरगाहको समयानुकूल क्षमता बिस्तार नहुँदा यो बन्दरगाह पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन ।
२०६१ साउन १६ बाट सञ्चालनमा आएको तथा भारतको रेल्वे सन्जालसँग प्रत्यक्ष रूपमा जोडिएको यो बन्दरगाहको पूर्ण उपयोग गर्न हाललाई २४ सै घण्टा प्रयोग गर्नुको बिकल्प नरहेको बन्दरगाह सञ्चालक कम्पनी हिमालय टर्मिनल्सका प्रवक्ता एवम् वित्त प्रमुख अनिमेश कुमार बताए ।
बन्दरगाहमा कामको भार बढेअनुसार टर्मिनल्सले काम गर्ने समय नपाएको उनले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS