काठमाण्डौँ — गण्डकी विकास बैंकले कञ्चनपुरको महेन्द्रनगरमा शाखा खोलेको छ।
प्रदेश ७ का आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहोराले उक्त शाखा उद्घाटन गरे।
बैंकले सातवटै प्रदेश, हिमाल, पहाड, तराईका ग्रामीण एवं नगर क्षेत्रमा शाखा सञ्जाल विस्तार गरी वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले आर्थिक वर्ष २०७५/०७६ को प्रथम त्रैमासमा सञ्चालन मुनाफा १५ करोड ३० लाख आर्जन गर्न सफल भएको थियो ।
FACEBOOK COMMENTS