काठमाडौं – नेपाल वायुसेवा निगमले आन्तरिकतर्फको हवाई सेवामा पनि अनलाइन बुकिङ सेवा सुरु गरेको छ ।
निगमका प्रवक्ता अशोक सिग्देलले आन्तरिक सेवाको पनि अनलाइन बुकिङको सफ्ट लञ्च भएको जानकारी दिए ।
निगमले गतवर्षबाटै अन्तर्राष्ट्रियतर्फको हवाई सेवामा अनलाइन बुकिङ थालेको थियो ।
यसअघि यात्रुले नेपाल एयरलाइन्सको कार्यालयमै पुगेर टिकट काट्नुपर्ने बाध्यता थियो ।
यो सेवा सुरु भएपछि निगमलाई अन्य हवाई कम्पनीसँग प्रतिस्पर्धा पनि सहज हुनेछ । निगमले अहिले विभिन्न आन्तरिक हवाई गन्तब्यमा उडान भरिरहेको छ ।
निजी क्षेत्रका कम्पनी सुगम क्षत्रेमा केन्द्रित भएपनि निगमले दुर्गम क्षत्रेमा हवाई उडान गरिरहेको छ। निगमले अहिले ट्वीनटर, चिनियाँ एमए ६० र वाई १२ ई विमानबाट आन्तरिहक हवाई सेवा दिँदै आएको छ ।
निगमका अनुसार अब निगमको आधिकारिक वेबसाइट वा भुक्तानी सेवा प्रदायक ई(सेवा लगायतबाट पनि हवाई टिकट बुक गर्न सकिनेछ ।
ईसेवा लगायतमा निगमको आन्तरिक सेवाको टिकट बुकिङको मेनु आउन अझै केही दिन लाग्ने ती अधिकारीले बताए ।
निगमसँग भएको हाल चिनियाँ जहाज मध्ये दुईवटा वाइ १७ सिटे र ५८ सिटे एमए ६० र दुईवटा १९ सिटे ट्विनअटरले फाप्लु, ताप्लेजुङ, रुकुम, भोजपुर, सिमिकोटलगायतका विकट गन्तब्यमा उडान गर्दै आएको छ।
FACEBOOK COMMENTS