काठमाडाैं, फागुन २६ – खेल एनफिल्डमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पहिलो लेगमा २–० को अवे जित निकालेको लिभरपुल सोही जितलाई निरन्तरता दिने लक्ष्यमा मैदानमा उत्रनेछ । लिभरपुललाई अन्तिम आठमा प्रवेश गर्न बराबरीको नतिजा नै पर्याप्त हुनेछ । तर टोली जित निकाल्दै क्वाटरफाइनल पुग्ने योजनामा हुनेछ ।
तर टोलीको पछिल्लो प्रदर्शन अपेक्षाकृत हुन सकेको छैन । पहिलो लेगमा लाइप्जिगलाई हराएपछि लिभरपुलले चार खेलमा ३ हार र १ जितको नतिजा छ ।
टोलीसँग साडियो माने, मोहम्मद सलाह, रोबर्टाे फिर्मिनो, डिएगो जोटा, थियागो अलकान्तरा, कर्टिस जोन्स, जर्जिन्हो वाइनाल्डम, एन्ड्रिउ रोबर्टसन, फाविन्हो, नाथानिल फिलिप्स, ट्रेन्ड एलेक्सान्डर अर्नाेल्ड र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ ।
यता, लाइप्जिग पनि लिभरपुललाई हराउदै क्वाटरफाइनल पुग्ने लक्ष्यमा हुने छ । टोलीलाई अघिल्लो चरण प्रवेश गर्न ३–० को जितको आवश्यकता छ । २–० को जितले खेल अतिरिक्त समयमा लम्विदा अघिल्लो चरण पुग्ने सम्भावना रहनेछ ।
टोलीसँग युस्सुफ पोउलसेन, ड्यानियल ओल्मो, क्रिस्टोफोर एनकुकु, मार्सेल हाल्सटेनवर्ग, केभिन काम्पल, टेलर एडाम्स, डेअटउपमेकानो र गोलरक्षक पिटर गुलाक्सीको साथ रहेको छ ।
FACEBOOK COMMENTS