काठमाडौं, चैत ९ – एमालेका नेता एवम् प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आत्महत्या गर्ने टिप्पणी गरेका छन् । थापाले प्रधानमन्त्री ओलीबिरुद्ध दाहालले दिएका आपत्तिजनक अभिब्यक्तिलाई लिएर कठोर टिप्पणी गरेका हुन् । थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत दाहालविरुद्ध अभिव्यक्ति दिएका छन् ।
‘पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ’, उनले भनेका छन्, ‘धेरै पहिले एकजना मनोविदले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन ।’
थापाले भनेका छन्, ‘रिसाएको बिरालोले खाबो चिथोर्छ ! पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ !’
‘धेरै पहिले एकजना मनोविदले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन्’, थापाले भनेका छन्, ‘प्रचण्डलाई संभवतः यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि !’
‘विगतमा दश वर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० वर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालित पोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ?’, थापाले दाहालसँग प्रश्न गरेका छन् ।
‘नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ?’, थापाको प्रश्न छ ।
FACEBOOK COMMENTS