काठमाडौं, चैत ११ – रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । रुसी नागरिकलाई खोपका लागि प्रेरित गर्न भन्दै पुटिनले खोप लगाएका हुन् । यसअघिका विभिन्न गतिविधिहरु सार्वजनिक रुपमा गर्ने गरेका पुटिनले खोप भने गोप्य रुपमा लगाएका हुन् । खोप लिँदै गरेको तस्बिर वा भिडियो उनले खिचेनन् ।
पुटिनले कुन खोप लिएका हुन् भन्ने राष्ट्रपति कार्यालयले खुलाएको छैन । प्रवक्ता दिमित्री पेस्कोभले सबै तीन रुसी खोप पूर्ण रुपमा विश्वसनीय र प्रभावकारी रहेको र त्यही दर्शाउनका लागि राष्ट्रपतिले खोप लगाएको बताए ।
रुसमा अहिले खोप अभियान निकै सुस्त गतिमा चलिरहेको छ । राष्ट्रपति पुटिनले खोप लगाएपछि त्यो क्रम तीव्र हुने अपेक्षा गरिएको छ ।
FACEBOOK COMMENTS