काठमाडौं, चैत १६ – काठमाडौं उपत्यकामा फागु पर्वमा नियम विपरीत गाडी चलाउने दुई हजार जनाभन्दा धेरै चालक कारवाहीमा परेका छन् । हिजो उपत्यकाका विभिन्न ९० ठाउँमा भएको सुरक्षा जाँचमा क्रममा उनीहरुलाई कारवाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तीव्र गतिमा गाडी चलाउने, हेलमेट नलगाइ मोटरसाइकल र स्कुटर चलाउने तथा जाँडरक्सी र नशालु पदार्थ खाएर गाडी चलाउनेहरु कारबाहीमा परेका महाशाखाका प्रमुख जनक भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा धेरै हेलमेट नलगाइ मोटरसाइकल चलाउने र तीन जना चढ्ने तथा लापरबाही तरिकाले गाडी चलाउनेहरु कारबाही परेका छन् । ट्राफिक प्रहरीका अनुसार जथाभाबी गाडी चलाउने र हेलमेट नलगाउने १६ सय जनालाई कारबाही भएको छ । यस्तै, जाँडरक्सी खाएर गाडी चलाउने ५४ जनालाई कारबाही भएको छ ।
होहल्ला गरी गाडी चलाउने, जबर्जस्ती रङ्ग दल्न खोज्ने, कागजपत्र साथमा नहुने १३ वटा चार पाङ्ग्रे र ४६८ वटा दुई पाङ्ग्रे गाडीका चालकलाई कारबाही गरिएको महाशाखाले जनाएको छ ।
FACEBOOK COMMENTS