काठमाडौं– नेपाल– भियतनाम चेम्बर अफ कमर्श र भियतनाम चेम्बर अफ कमर्श हुचिमिनबीच द्धिपक्षीय व्यापार तथा लगानी वृद्धि गर्ने सम्वन्धमा सम्झौंता भएको छ।
सम्झौंतामा नेपाल भियतनाम चेम्बरका अध्यक्ष दीपक मल्होत्रा र भियतनाम चेम्बर हुचिमिनका नाग्योन द हङले हस्ताक्षर गरे। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको पनि उपस्थीती थियो ।
अध्यक्ष श्रेष्ठले नेपालमा स्थायी सरकार आएकाले लगानीका लागि उपयुक्त समय रहेको बताए।
उनले भियतनाममा बहुसंख्यक नागरिक बौद्ध धर्माबलम्बी रहेको बताउँदै वुद्धको जन्मस्थल लुम्बिनीमा भ्रमण गर्ने वातावरण तयार गर्न आग्रह गरे।
उनले भने,’दुई देशबीच सीधा हवाई उडान हुन नसक्दा नेपालमा भियतनामबाट धेरै पर्यटक आउन सकेनन् । त्यसैले एक वर्षभित्र लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनिसक्छ। त्यसपछि भियतनामबाट नेपालमा सीधा उडान होस् भन्ने हामीले चाहेका छौं।’
जवाफमा भियतनाम चेम्बर हुचिमिनका हङले भियतनामबाट नेपालमा सीधा हवाई उडानका लागि पहल गर्ने प्रतिवद्धता जनाए।
FACEBOOK COMMENTS