काठमाण्डौँ — यही पुस १३ देखि १९ गतेसम्म १५ औं राष्ट्रिय छाला जुत्ता चप्पल तथा वस्तुको औद्योगिक प्रदर्शनी हुने भएको छ।
राष्ट्रको समृद्धीको आधार, स्वदेशी उत्पादनको प्रयोग भन्ने मुल नाराका राजधानीको भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुने छ ।
देशभरका साना, मझौला एवं ठूला उद्योगबाट उत्पादित जुत्ता ,चप्पल तथा छालाजन्य बस्तुहरु राखिने आयोजक फुटवेयर तथा म्यानुफ्याक्चरर्स एसोसिएसन नेपालले जनाएको छ।
नेपालभर छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ता चप्पल तथा छाला जन्य बस्तुहरु उपभोक्ताहरु ले एउटै छानामुनि अवलोकन तथा छनौट गरी प्रतिष्पर्धी मूल्यमा खरीद गर्ने अवसर दिन पदर्शनी आयोजना गरिएको आयोजकको भनाइ छ।
प्रदर्शनीको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले उद्घाटन गर्ने तय गरिएको छ।
FACEBOOK COMMENTS