काठमाडौं, बैशाख १ – प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै आउँदो बजेटमा सामाजिक सुरक्षा भत्ता वृद्धि गरिने बताएका छन् । करिब ६० लाख सामाजिक सुरक्षामा आवद्ध भएको जानकारी पनि उनले दिए । सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताए ।
प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारेका हुन । उहाँले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने कुरा बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।
प्रधानमन्त्री ओलीले कतिपय राष्ट्रहरुले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे ।
नयाँ वर्ष २०७८ को अवसरमा बुधबार देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही भएन भनेर जनतामा निराशा बढाउने काम नगरेको दावी गरेका छन । प्रतिदिनमा पाँच किलोमिटर भन्दा बढी बाटो निर्माण गरिरहेको र एक दिनमा कम्तिमा १२ वटाको दरले आवास बनेको उनले बताए ।
FACEBOOK COMMENTS