काठमाण्डौँ — रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल मात्र आयात गरिने भएको छ ।
बजारमा डिजेलको माग धेरै रहेको र प्राविधिक रूपमा अन्य पेट्रोलियम पदार्थ ल्याउन नमिल्ने भएकाले पनि पाइपलाइनबाट डिजेल मात्र ल्याउन लागिएको हो ।
बजारमा कूल इन्धन खपतको ७० प्रतिशत डिजेलले ओगटेको छ ।
नेपालमा डिजेल मासिक १ लाख ५० हजार किलोलिटर, पेट्रोल ४० हजार किलोलिटर र हवाई इन्धन १८ हजार किलोलिटर खपत हुनेगर्छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतले पाइपलाइनबाट सवै पेट्रोलियम पदार्थ ल्याउन प्राविधिक रूपमा नमिल्ने भएकाले पहिलो चरणमा डिजेल मात्र ल्याउन लागिएको जानकारी दिए ।
डिजेल, पेट्रोल र हवाई इन्धन पाइपलाइनबाट ढुवानी गर्दा प्राविधिक रूपमा समस्या देखिएकाले डिजेल मात्र ल्याउन सकिने निगमले जानकारी दिएको छ ।
मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत पाइपलाइन विच्छाउने काम अन्तिम चरणमा पुगेकाले अगामी मार्चभित्र तेल ल्याउने तयारी भएको निगमको भनाइ छ ।
— कारोबार
FACEBOOK COMMENTS