काठमाडौं, वैशाख ९ । हिमाल चढ्ने आरोहीले एउटा हिमाल चढेर फर्केपछि अर्कोमा चढ्न अनिवार्य पीसीआर परिक्षण गर्नुपर्ने भएको छ । विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढीहँदा त्यसको नियन्त्रण गर्न पर्यटन विभागले यस्तो व्यवस्था गरेको हो ।
एउटा हिमाल चढेर आएपछि पीसीआर परिक्षणको नतिजा नेगेटिभ आएमा मात्रै आरोहीले अर्को हिमाल चढ्न पाउनेछन् । अन्यथा उनीहरुले लगत्तै दोस्रो हिमाल आरोहरणको अनुमति पाउने छैनन् ।
विभागका अनुसार यो वर्ष ३७१ जना आरोहीले विश्वको सवोच्च शिखर सगरमाथाको आरोहण गर्ने अनुमति लिएका छन् । ३९ समूहमा विभाजित आरोही टोलीमा ८७ जना महिना छन् ।
FACEBOOK COMMENTS