काठमाडौं, वैशाख २६ । पछिल्लो २४ घन्टामा विश्वमा कोरोना भाइरसबाट १२ हजार ६०० जनाको मृत्यू भएको छ । विश्वभरका देशमा २४ घन्टामा भएको यो मृत्यू अघिल्ला दिनहरुको तुलनामा कम हो ।
सबैभन्दा बढी भारतमा ४ हजार १३३ जना, ब्राजिलमा २ हजार ९१, अमेरिकामा ६४७, कोलम्बियामा ४९२, पोल्याण्डमा ४२१, रुसमा ३७०, टर्कीमा २८१, इटालीमा २२४ जनाको मृत्यू भएको छ ।
योसँगै विश्वमा कोरोनाबाट मृत्यू हुनेको संख्या ३२ लाख ९५ हजार ९७४ पुगेको छ । कोरोना भाइरस फैलिएदेखि अहिलेसम्म विश्वभर १५ करोड ८३ लाख २ हजार २२० जना संक्रमित बनेका छन्।
जसमध्ये १३ करोड ५७ लाख १३ हजार १०४ जनाले कोरोनालाई जितेका छन् । वल्डोमिटरका अनुसार सबैभन्दा बढी अमेरिकामा तीन करोड ३४ लाख जनालाई कोरोना संक्रमण भएको छ । जसमध्यबाट ५ लाख ९५ हजार जनाको मृत्यू भएको छ ।
यसपछि भारतमा २ करोड २२ लाख ९५ हजार जनामा कोरोना संक्रमण हुँदा २ लाख ४२ हजार जनाको मृत्यू भएको छ । तेस्रो स्थानमा रहेको ब्राजिलमा १ करोड ५१ लाख जनालाई संक्रमण भएर ४ लाख २१ हजार जनाको मृत्यू भएको छ ।
FACEBOOK COMMENTS