काठमाडौं, वैशाख २९ । मेडिसिटी अस्पतालले अक्सिजन सिलिन्डरको कोटा नबढाए कोरोनाका नयाँ विरामी नलिेने चेतावी दिएको छ । अस्पताललाई कोभिड–१९ संकट व्यवस्थान केन्द्र (सीसीएमसी)ले दैनिक एक सय वटा अक्सिजन दिने निर्णय गरेको थियो ।
तर, दैनिक ४/५ सय अक्सिजन सिलिन्डर खपत हुने गरेको अस्पतालले निकालेको विज्ञप्तीमा उल्लेख छ । भनिएको छ, ‘स्वास्थ्य मन्त्रालय र सीसीएमसीले तत्काल अक्सिजनको आपूर्ति सहज बनाउनुपर्छ ।’
अन्यथा नयाँ विरामी भर्ना नलिनुका साथै उपचाररत विरामीलाई पनि अन्यत्र पठाइदिने मेडिसिटीले बताएको छ । हाल अस्पतालामा दैनिक १०० जना कोभिडका विरामीको उपचार भइरहेको छ ।
यसैगरी, १२० भन्दा बढी ननकोभिडका विरामीको उपचार भइरहेको अस्पतालले बताएको छ । तीमध्ये ४० जनाभन्दा बढी भेन्टिलेटरसहितको उपचार भइरहेको छ ।
हाल दैनिक ५ सयसम्म सिलिन्डर चाहिनेमा सीसीएमसीले एकसयको कोटा तोकेर अक्सिजनको आपूर्तिमा असहज परिस्थिती निम्त्याएको अस्पतालले आरोप लगाएको छ ।
उसले भनेको छ, ‘तत्काल यो समस्या समाधान नगरेको स्थितीमा विकराल स्थिती आउन सक्छ ।’
FACEBOOK COMMENTS