काठमाण्डौँ — चालू आर्थिक वर्षको प्रथम पाँच महिनामा ६ खर्ब सात अर्ब रुपैयाँको आयात भएको छ ।
यो परिमाण गत वर्षको यसै अवधिको तुलनामा ३४ प्रतिशत बढी हो ।
गत वर्ष चार खर्ब ५३ अर्बको आयात भएको थियो ।
चालु आवको पहिलो पाँच महिनामा कुल वैदेशिक व्यापार गत वर्षको यसै अवधिको तुलनामा ३२.३ प्रतिशतले वृद्धि भएको छ ।
यस अवधिमा ६ खर्ब ४४ अर्ब रुपैयाँको कुल वैदेशिक व्यापार भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीइपीसी) का कार्यकारी निर्देशक शरदबिक्रम चालु आवको समीक्षा अवधिमा समग्र निर्यातमा झिनो सुधारात्मक लक्ष्यण देखिए पनि आयातमा भएको अत्यधिक वृद्धिले व्यापारघाटा उच्च बनेको बताए ।
यस अवधिमा व्यापारघाटा ३५.५ प्रतिशतले बढेर पाँच खर्ब ६९ अर्बमा पुगेको छ ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS