काठमाडौं, वैशाख ३१ । ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेको केपीशर्मा ओलीले दिउँसो २ बजे सपथ ग्रहण गर्ने भएका छन् । तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनेछिन् ।
ओली वैशाख २७ गते प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि स्वतः पदमुक्त बनेका थिए । त्यसपछि गठनबन्धनको सरकारका लागि दिइएको तीन दिनको समयमा सरकार नबनेपछि ओली पुनः नियुक्त भएका हुन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ७६(३) बमोजिम सबैभन्दा ठूलो दलको नेताको रुपमा ओलीलाई नियुक्त गरेकी हुन् । ओलीले शितलनिवासमा सपथ लिनेछन् ।
FACEBOOK COMMENTS