काठमाडौं, जेठ ६ – कोरोना संक्रमणका कारण गयराती बाँकेमा ८ जनाको मृत्यु भएको छ । बुधबार साँझ ५ बजेदेखि मध्यराति १ बजेका बीचमा ८ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।भेरी अस्पतालमा उपचाररत ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत १ जना संक्रमितको मृत्यु भएको हो ।
डीसीसीएमसी बाँकेका अनुसार मृत्यु हुनेमा गत बैशाख २७ गते भेरी अस्पताल भर्ना भएका डुडुवा ५ बाँकेकी २८ वर्षीया महिला, जेठ ३ गते भेरीमै भर्ना भएका खजुरा ३ बाँकेका ८५ वर्षीय पुरुष, जेठ ५ गते भेरी अस्पताल पुगेका बाँसगढी बर्दियाका ४२ वर्षीय पुरुष र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका तुलसिपुर दाङका ६५ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरि ४ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल बर्दियाका ४५ वर्षीय पुरुष, ४ गते नै भेरीमा भर्ना भएका घोडाघोडी कैलालीका ४५ वर्षीय पुरुष, ३ गते सोही अस्पताल भर्ना भएका गुलरिया ४ बर्दियाकी ६५ वर्षीया महिला र ५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्ती सोनारी ६ बाँकेका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जनाएका छन् ।
यससँगै कोरोनाका कारण जिल्लाभित्र मृत्यु हुनेको संख्या २५६ पुगेको छ भने जिल्ला बाहिरको मृतकको संख्या २१४ पुगेको छ । केही दिनयता संक्रमितको संख्या घटेपनि मृत्युदर घटेको छैन ।
FACEBOOK COMMENTS