काठमाडौं, जेठ ९ – प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक वर्ष २०७८/८९ को वार्षिक बजेट अध्यादेशमार्फत ल्याउने घोषणा गरेका छन् । बालुवाटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले यस्तो जानकारी दिएका हुन् ।
वर्तमान अवस्थामा अध्यादेशमार्फत बजेट आउनु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्री ओलीले साधारण औपचारिक कार्यक्रममार्फत बजेट सुनाइने बताएका छन् ।
बजेटमा महामारी तथा विकास निर्माणका कार्यलाई प्राथामिकता राखिने पनि उनले जानकारी दिएका छन् । जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
FACEBOOK COMMENTS