काठमाडौं, जेठ १६ – नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले विक्री गर्न लागेको संस्थापक समूहअन्तर्गतको ८० हजार कित्ता शेयरमा आवेदन खुला भएको छ ।
प्रतिशेयर न्यूनतम मूल्य १ हजार २२ रूपैयाँ तोकिएको सो शेयरमा आगामी ३० गतेसम्म आवेदन दिन सकिने छ । बोलकबोलको माध्यमबाट विक्री खुला गरिएको शेयरमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सकेन छने अधिकतमको सीमा तोकिएको छैन ।
उक्त संस्थापक शेयर खरिदका लागि योग्य र इच्छुक विद्यमान संस्थापकबाहेकका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय लाजिम्पाटमा पुग्नेगरी सम्पूर्ण विवरण खुलाई गोप्य शीलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS