काठमाण्डौं– फक्सवागनले सन् २०२६ पछि विद्युतीय सवारीसाधनमात्रै उत्पादन गर्ने घोषणा गरेको छ ।
फक्सवागन समूहका चीफ माइकल जोस्टले करिब आठ वर्षपछि इन्धनबाट चल्ने सवारीसाधनको उत्पादन पूर्णरुपमा बन्द गरी विद्युतीय कारमात्रै उत्पादनमा कम्पनी केन्द्रित हुने दाबी गरेका हुन् ।
कम्पनीद्वारा उत्पादित अडी, बेन्टले, बुगाटी, फक्सवागेन, पोस्र्च, सिट र ल्याम्र्बोगिनी सबै ब्रान्डमा उक्त नीति लागू हुने बताइएको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा विद्युतीय सवारीसाधानप्रति बढ्दै गएको आकर्षण र भविष्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
जोस्टले कम्पनीद्वारा उत्पादित पेट्रोल, डिजेल र ग्यासोलिन कारलाई कम प्रदूषण उत्सर्जन गर्ने गरी निर्माण गर्ने बताए ।
कम्पनीले आगामी वर्ष इलेक्ट्रीक कार पोस्र्च टिक्यान बजारमा ल्याउने तयारी गरेको छ । त्यसपछिको पाँच वर्षको अवधिमा सेल्फ डाइभिङ कारको उत्पादनका लागि लगानी बढाउने तयारी गरेको छ ।
FACEBOOK COMMENTS