काठमाण्डौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ पनि रात्रिकालीन उडान भइरहेको छ ।
विगतमा अन्तर्राष्ट्रियतर्फ मात्र रात्रि उडान गर्दै आएको विमानस्थलले अहिले आन्तरिकमा पनि रात्रि उडान सञ्चालन गरिरहेको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पहिला साँझ ५ देखि ६ बजेसम्म मात्र सञ्चालन हुँदै आएको आन्तरिक उडान अहिले राति ९ बजेसम्म गरिदैँ आएको जानकारी दिए।
उनका अनुसार क्षेत्रीय हबका रूपमा रहेका विमानस्थल विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा रात्रि उडान भइरहेको छ ।
निकट भविष्यमै झापाको चन्द्रगढी र जनकपुरमा रात्रि उडान थालिने उनले बताए।
— नागरीक
FACEBOOK COMMENTS