काठमाडौं । सरकारले अब लकडाउन क्रमैसँग खुकुलो बनाउँदै जाने भएको छ । कोभिड-१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यकवस्तु उत्पादन र आपूर्ति सहित‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ ।
अब साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मुल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुल्ला गरिनुपर्ने निश्कर्ष समितिले निकालेको छ ।
प्रधानमन्त्री एवं समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेसियाजस्ता देशहरुमा हवाई उडानपुनः संचालनगर्ने निर्णय गरेको छ । यि देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढने गरी हवाई उडान सञ्चालन हुने छन् ।
बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टाइनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टाइनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।
FACEBOOK COMMENTS