काठमाडौँ – सञ्चार तथा सूचना प्रबिधि मन्त्री गोकुल बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई अब बीबीसी र जापानी एनएचके मोडलमा लैजाने बताएका छन् ।
उनले सरकारी सञ्चार माध्यमलाई पब्लिक बोर्डकास्टिङ सर्भिसका रुपमा लैजान लागिएको बताएका हुन् ।
प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रबिधि समितिको बैठकमा मन्त्री बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई निजीकरण नगर्ने पनि बताए ।
माघ १७ गतेबाट नेपाल टेलिभिजन एचडीमा जाने मन्त्री बास्कोटाले बताए । उनले केही समय भित्रै आफ्नै स्याटलाइटपनि हुने बताएका छन् ।
मन्त्री बास्कोटाले सेट अप बक्स भने सित्तैमा दिन नसक्ने बताउँदै यसका लागि १ अर्ब ५० करोड लाग्छ सेट अप बक्स किन्न केही सहयोग गर्ने बताए ।
FACEBOOK COMMENTS