काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चालू आर्थिक वर्ष ०७८/०७९ को बजेटसँग सम्बन्धित तीन वटा अध्यादेश प्रतिनिधिसभामा पेस गरेका छन् ।
आज आइतबार बसेको पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ पेस गरेका हुन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा नभएकाले बजेटमार्फत अध्यादेश ल्याएको थियो । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गर्दै कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नपाउने उल्लेख गरेको थियो ।
विश्वासको मत लिन सफल भएमा देउवा सरकारले पूर्ण बजेट कार्यान्वयन गर्न पाउने छ । तर, असफल भएमा संशोधन गरेर आंशिक बजेट खर्च गर्नुपर्ने छ ।
FACEBOOK COMMENTS