काठमाडौं । काठमाडौं र ललितपुर जिल्लामा आजबाट जोन्सन एण्ड जोन्सनको खोप लगाउन सुरु गरिएको छ । दुवै जिल्लाले ५० देखि ५४ वर्षको उमेर समूहलाई जोन्सन एण्ड जोन्सनको ज्यान्सेनको खोप लगाउन सुरु गरेको हो ।
काठमाडौं महानगरका जनस्वास्थ्य प्रमुख बद्री बहादुर खड्काले साउन ४ गतेबाट ६ गतेसम्म काठमाडौं महानगरपालिकामा रहेको २८ खोप केन्द्र र जिल्लामा रहेको ५५ ओटा खोप केन्द्र उक्त खोप दिइने छ ।यस्तै ललितपुर जिल्लामा साउन ४ र ५ गते मात्र उक्त खोप लगाइने ललितपुर महानगरका जनस्वास्थ्य प्रमुख खगेश्वार गलालले जानकारी दिए । उनले सबै वडामा खोप केन्द्र रहेको र त्यही गएर सबैलाई खोप लगाउन आग्रह गरेका छन् ।
यो खोप एक डोज लगाए पुग्छ ।
FACEBOOK COMMENTS