काठमाण्डौं— हेटौंडामा रहेको कुलेखानी ३ जलविद्युत् आयोजनाले पुस महिनामा पनि परीक्षण उत्पादन गर्न सकेन ।
पुस मसान्तसम्म परीक्षण उत्पादन गर्ने लक्ष्य रहे पनि निर्माण कम्पनीले सुस्त गतिमा काम गरेकाले सम्भव नभएको प्राधिकरणका एक वरिष्ठ अधिकृतले बताए ।
आयोजनाको ९५ प्रतिशतभन्दा बढी निर्माण कार्य सम्पन्न भएको जनाइएको छ ।
माघ महिनाको अन्तिमसम्ममा परीक्षण उत्पादन गरिने आयोजनाका एक इन्जिनियरले जानकारी दिए ।
इलेक्ट्रो मेकानिकलको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जियालिङको ढिलासुस्तीका कारण ४४ महिनामा सक्नुपर्ने काम करिब सय महिनाभन्दा बढी बितिसक्दा पनि सकिएको छैन ।
— कान्तिपुर
FACEBOOK COMMENTS