पछिल्लो २४ घण्टामा देशभर तीन हजार १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८३६ जना पिअिसार परीक्षण गर्दा दुई हजार २०२ र ४ हजार २९९ जनाको एन्टीजेन परीक्षण गर्दा ९०६ जनामा संक्रमण पुष्टि भएको हो। हालसम्म पिसिआर र एन्जीजेन परीक्षण गर्दा ७ लाख २१ हजार ०२ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ६ लाख ३४ हजार ९२७ जना संक्रमित निको भइसकेका छन्।
FACEBOOK COMMENTS