काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न ऊर्जामन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन् ।
आवश्यक प्रक्रिया पुरा गरेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न भुसाललाई निर्देशन दिइएको बताइएको छ । करिब एक वर्षअघि घिसिङको कार्यकाल पूरा भएपछि निवर्तमान सरकारले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
तर, उनको काम सन्तोषजनक नभएको बहाना गर्दै नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई हटाएर पुनः कुलमानलाई नियुक्ति गर्न निर्देशन दिएका हुन् । घिसिङ आफ्नो कार्यकालमा लोकप्रिय काम गरेका कार्यकारी निर्देशक हुन् ।
उनको पुनः नियुक्तिका लागि यसअघि पनि जनस्तरका सरकारलाई दबाब सृजना भएको थियो । तर, सरकारले खुला प्रतिस्पर्धामा जानुपर्ने बताएपछि घिसिङले प्रतिस्पर्धामा सहभागिता जनाएनन् ।
FACEBOOK COMMENTS